Logo

न्युयोर्क सहर बन्दैछ अर्को ‘वुहान’, कोरोना संक्रमितको संख्या एकदिनमै दोब्बर !

अमेरिकाको न्युुयोर्क ‘हाइटेक’ सहरका रुपमा विश्वमा परिचित छ। कहिल्यै नसुुत्ने यो सहर अहिले ज्यानमारा कोरोनाभाइरसको चपेटामा परेर शिथिल बनेको छ। करिब ९० लाख जनसंख्या रहेको यो सहर अर्काे ‘वुहान’ बन्ने बाटोतर्फ अग्रसर भइरहेको छ। न्युुयोर्कमा अहिलेसम्म ८ हजार ३७७ मानिसमा कोरोनाको संक्रमण भएको पुुष्टि भइसकेको छ। अमेरिकी जनतालाई कोरोनाको त्रासले यतिसम्म गाँजेको छ कि हरेक ५ मध्ये १ अमेरिकीलाई आफ्नो घरमै बस्न निर्देशन दिइएको छ।

न्युुयोर्क सहरमा बसोबास गर्ने र काम गर्ने हरकोही मानिसको चाहना र इच्छा रहेको हुुन्छ। तर कोरोना संकटले सपनाको यो सहरलाई मानौँ ‘प्यारालाइसिस’ नै गरेको छ। यतिबेला न्युुयोर्क सहरमा रातभरि साइरनको आवाज गुुन्जिन्छ। यस्तो लाग्छ कि मानौँ पूरै अमेरिका अहिले कोरोनाविरुद्ध अघोषित युुद्धमा होमिएको छ।

अमेरिकामा होटल, स्टेडिएम र पार्किङ गर्ने स्थलहरु हस्पिटल र क्लिनिकमा परिणत गरिएका छन्। अमेरिकामा तीव्रगतिमा फैलिएको कोरोनाको संक्रमणलाई ध्यानमा राखेर देशभरि सेना र नेसनल गार्ड परिचालन गरिएका छन्।

चीनको वुुहान सहरबाट सुुरु भएको यो भाइरसले यतिबेला न्युुयोर्क सहरको गतिशिलतामा ब्रेक लगाएको छ। न्युुयोर्कमा कोरोनाको बढ्दो प्रभावलाई कम गर्न डोनाल्ड ट्रम्प सरकारले यो सहरलाई आपतकालीन क्षेत्र घोषणा गरेको छ। न्युुयोर्कमा २४ घण्टामा कोरोना संक्रमितको संख्या दोब्बर हुँुदै ८ हजार ३०० पुुगेको हो।

यो गम्भीर संकटबाट छुुटकारा पाउन न्युुयोर्क संघीय आपत प्रबन्धन एजेन्सीबाट ४२ अर्ब डलरको फन्ड लिइएको छ। कोरोनाले न्युुयोर्कमा शनिबारसम्म ४३ जनाको ज्यान लिइसकेको छ।

अमेरिकाभर भने कोरोनाबाट ज्यान गुुमाउनेको संख्या ३०८ र संक्रमितको संख्या २६ हजार २९ पुुगेको छ।

ह्वाइटहाउसमा पनि पुुग्यो कोरोना

विश्वभर आतंक फैलाइरहेको कोरोनाभाइरस अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउस पनि पुुगेको छ। ह्वाइहाउसमा कार्यरत एक कर्मचारी कोरोनाको संक्रमणमा परेको घटना सार्वजनिक भएको हो।

संक्रमित कर्मचारी अमेरिकी उपराष्ट्रपतिका कार्यालयका एक सदस्य रहेको पुुष्टि भएपछि ह्वाइहाउसमा आतंक मच्चिएको छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्