Logo

भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायीलाई कोरोना संक्रमण नभएको पुष्टि……(भिडियो सहित )

कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले बताएक छन ।

यसअघि उहाँ ७ गते पटनाको पिएमसिएच अस्पतालमा भर्ना भएका थिए । आज दिउँसो उहाँमा कोभिड १९ को सङ्क्रमण देखा परेको भन्दै समाचार सार्वजनिक भएपछि वीरगंजको जनजीवन एकाएक त्रसित भएको छ । रुङटा आफन्तको बिवाहमा भाग लिन केही दिन अगाडि भारतको कोलकोत्ता गेका थिए ।

कोलकोत्ताबाट दिल्ली हुँदै एक हप्ता अगाडि बीरगंज फर्किएपछी रुङटालाई छ दिनपछि ज्वरो आएको थियो । त्यही ज्वरोको उपचारका लागि पटना गएका रुङगटामा अस्पतालले नै सुरुमा पचास प्रतिशत कोरोना संक्रमण भएको तर अन्तिम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने भन्दै आशंका गरेको परिवारका सदस्यले जनाएका थिए ।

तर पछिल्लो रिपोर्ट आएपछि परिवारका सदस्य ढुक्क भएका छन । शिव रुङगटाका भाइ सुरेश रुङगटाले रिपोर्ट नेगेटिभ आएपछि परिवारले राहत महसुस गरेको बताएका छन । रुङगटामा कोरोना संक्रमणको हल्ला हुनासाथ स्थानीय प्रशासनले आफनो सक्रियता बढाएको थियो । परिवपारका सदस्यलाई सेल्फ क्वारेन्टाइनमा राख्ने उनीहरुलाई चिकित्सक सहितको टोलीद्वारा काउन्सिलिङ गर्ने काममा स्थानीय प्रशासनले तदारुकता देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्