Logo

Breaking : फ्रान्सबाट आएका एक नेपालीमा देखियो कोरोना भाइरस, टेकुमा उपचार हुँदै !

फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपालीमा कोरोना भाइरस देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो। अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्