Logo

फ्रान्सबाट आएकी एक नेपालीमा देखियो कोरोनाभाइरस, टेकुमा उपचार हुँदै…..(भिडियो सहित)

फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोनाभाइरस देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए।

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने। उनी चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। फ्रान्सबाट आएपछि उनी ‘होम क्वारेन्टाइन’ बसेकी थिइन्।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्