Logo

सारै दुखद खबर: फ्रान्सबाट नेपाल फर्केकी १९ वर्षीया विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि, टेकुमा उपचार हुँदै ……(भिडियो सहित)

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विदेशमा आएका एक नेपालीमा कोरोना भाइरस संक्रमण भेटिएको बताएका छन् ।सोमबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ढकालले फ्रान्सबाट आएकी एक १९ बर्षीया नेपाली विद्यार्थीमा कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखिएको जानकारी गराएका हुन ।

उनलाई हाल आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी गराइएको छ । साथै उनीसँग भेटेका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी गराइएको छ । उनलाई हाल टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको जानकारी गराइयो । उनी यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन् ।

ती विद्यार्थी कुन विमानमार्फत कहिले नेपाल आएकी हुन भन्ने स्पष्ट पारिएको छैन । पत्रकार सम्मेलनमा कोभिड १९ विभिन्न रणनीति अपनाएर काम भइरहेको पनि जानकारी गराइएको छ । अन्तर्राष्ट्रिय उडान, लामो दूरीका यातायता र नाका बन्द गरेर संक्रमण फैलिन नदिन पनि आवश्यक रणनीति तय गरिएको सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्