Logo

वीरगन्जमा आज देखी ९ दिनका लागि अघोषित लकडाउन

वीरगन्ज महानगरपालिकाले महानगरमा सोमबारदेखि ९ दिनका लागि अघोषित लकडाउन गरेको छ ।कोरोना संक्रमणको सन्त्रासबाट जोगिन महानगरपालिकाले चैत १८ गतेसम्मका अघोषित लकडाउन गरेको हो ।

यो अवधिमा आकस्मिक कार्यबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ९ दिनसम्म किराना, दुध , तरकारी , औषधीका पसल, अस्पताल , एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सेवा मात्रै खुल्ला रहने र यी बाहेका पसल सेवाहरु भने बन्द गर्ने निर्णय महानगरले गरेको छ ।

अत्यावश्यक सेवाका लागि बजार वा पसल जानु परेको खण्डमा , घरबाट एक जना मात्रै जानु पर्ने र सेवा लिइ तुरुन्तै घर फर्किनु पर्ने निर्णय पनि महानगरले गरेको छ । कुनै पनि स्थानमा ३÷४ जना भन्दा बढी मानिस भेला हुन नपाइने निर्णय पनि गरिएको नगर प्रमुख सरावगीले जानकारी दिए ।

अतिआवश्यक सेवा दिने पसल र संस्थाले पनि भीडभाड नगराइ एक एक जना सेवाग्राहीलाइ मात्र सेवा प्रवाह गर्नु पर्ने निर्णय गरिएको सरावगीले बताए । यो अघोषित लकडाउन नै भएको भन्दै नगर प्रमुख सरावगीले महानगरपालिकाले गरेको निर्णय पालना भए नभएको विषयमा मङ्गलवा देखि नगर प्रहरीले अनुगमन गर्ने र अटेर गरेको पाइए कार्वाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्