Logo

सरकारले आदेश गरेको ‘लकडाउन’ अवज्ञा गरी घरबाहिर निस्किए केहि सर्वसाधारण, प्रहरीले सम्झाउन खोज्दा उल्टै झर्किन्छ्न्

सरकारले मंगलबार बिहान ६ बजेदेखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । योसँगै नेपालका ७७ वटै जिल्ला मंगलबारदेखि एक हप्ताका लागि पूर्णतया लकडाउन भएको छ। सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि यो नियम लागु भएको हो ।

सोमबारको उच्चस्तरीय समन्वयन समितिको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्कन नदिने निर्णय गरेको हो।आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन्। अत्यावश्यकबाहेक पसल पनि बन्द छन्।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न ‘लकडाउन’ गरिएसँगै काठमाडौं सुनसान बनेको छ । सडकमा मानिसहरु हिडेका छैनन् । अत्यावश्यक कामका लागि हिडेका मानिसहरुलाई पनि प्रहरीले सोधपुछ गरेर अवस्था हेर्दै गन्तव्यमा जान दिएको छ । अन्यथा सवैलाई रोक लगाएको छ ।सडकमा अत्यावश्यकीय सवारी साधन ट्यांकर, प्रेसका गाडी, एम्बुलेन्स मात्र चलेका छन् । अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाइएको छ ।

सरकारले ठुलो महामारी नफैलियोस भनेर आदेश जारि गर्दा पनि कतिपए पनि यो आदेशलाइ बेवास्ता गरि सवारीसाधन सडकमा लिएर हिडेको पनि देख्न सकिन्छ । कतिलाई त प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीसंग मुखमुखै लागेर जवरजस्ती अघि बढ्न खोजेको दृश्य पनि काठमाण्डौका केहि सडकमा देखिएको छ । आज काठमाण्डौ

प्रतिक्रिया दिनुहोस्