Logo

श्रीमानको कोरोनाका कारण मृत्यु भएपछि श्रीमतीले भनिन् – ‘लडाईं समाप्त भयो’

विश्वभरि महामारीका रुपमा फैलिँएको कोरोनाभाइरस हालसम्म विश्वका १९२ भन्दा बढी देशमा फैलिएको छ । कोरोनाभाइरसकै कारण संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएपछि अहिले विश्व नै त्रसित बनिरहेको छ । कोरोनाको संक्रमण विश्वका शक्तिशाली देशमा बढी देखिएको छ । यस्तै शक्तिशाली देश मध्येको अमेरिकामा पनि कोरोनाको सङ्क्रमणका कारण ५८२जनाको मृत्यु भइसकेको छ । भने हालसम्म ४५ हजार २६८ जना सङक्रमित भएका छन् ।

यस्तै अमेरिकामा कोरोनाको कम परीक्षण भएको खबर पनि आइरहेका छन् । अमेरिकाका एक यस्ता व्यक्ति पनि छन् जसको कोरोनाको परीक्षण गर्न डाक्टरले तीन पटकसम्म अस्विकार गरेका थिए । अमेरिकाको मिसौरीका ७४ वर्षका डेनिस विलसन बिरामी भएपछि पहिलो पटक अस्पताल पुगे । तर उनको अस्पतालमा उपचार भएन ।

उनकी श्रीमतीका अनुसार डेनिस डाक्टरलाई भेट्न तीन पटक अस्पताल गएपनि उनको उपचार गरिएन । कोरोनाको लक्षण नदेखिएको भन्दै डाक्टरले हेर्न मन गरेनन् । उनी निकै बिरामी भएपछि एम्बुलेन्समा अस्पताल लगियो । तर उनको गएको शनिवार मृत्यु भयो ।

डेनिसको एक्सरे परीक्षण गर्दा उनी निमोनियाबाट पीडित भएको देखियो । परीक्षण गर्दा पछि उनको कोरोना संक्रमण पुष्टि भयो । धेरैले उनको उपचार नगरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । डेनिसको मृत्यु भएपछि उनकी श्रीमतीले सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘लडाईं समाप्त भयो ।’

प्रतिक्रिया दिनुहोस्