Logo

कोरोना संक्रमणको आशंकामा दुबईबाट फर्किएका सिराहाका एक व्यक्तिलाई काठमाडौं पठाइयो

हालै दुबईबाट फर्किएका सिराहाका एक व्यक्तिलाई कोरोना संक्रमणको आशंका गरिएको छ । रुघाखोकी र ज्वरो आएपछि ४० वर्षीया ती व्यक्ति कोरोनाको आशंकामा जचाउन मंगलबार प्रादेश अस्पताल जनकपुरधाम आएका थिए ।तर, प्रादेशिक अस्पतालले उनलाई काठमाडौं पठाएको छ ।

ती व्यक्तिसँगै आएका एक व्यक्तिले उनी कोरोना संक्रमित रहेको बताएपछि जाँचका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल पठाइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए ।उनी संक्रमित थिए कि थिएनन्, भन्ने कुरा आफूहरुलाई थाहा भएन,’ डा. यादवले भने, ‘यहाँ चेकजाँचको सुविधा नभएकाले हामीले काठमाडौं नै पठाएका हौं ।”

प्रतिक्रिया दिनुहोस्