Logo

लकडाउनको पहिलो दिन काठमाडौं को अवस्था : ट्राफिकसंगै झगडा ! DIG उत्रिए सडकमा ……(भिडियो सहित)

नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले घरबाट बाहिर ननिस्कन जारी गरेको आदेशलाई आम नागरिकबाट पूर्णरुपमा पालना भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले आज बिहान ६ बजेदेखि यही चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले हार्दिकताका साथ आदेशलाई ग्रहण गरी व्यक्तिगत, समाज र राष्ट्रहितका लागि आमनागरिकबाट महत्वपूर्ण सहयोग भएको प्रतिक्रिया दिए । उनले भने,“नागरिकबाट भएको यो संयम आगामी दिनमा निरन्तर रहने अपेक्षा गरेका छौँ, आदेशलाई हार्दिकताका साथ ग्रहण गर्दिनुभई संयम देखाउनुभएकोमा आम नागरिक प्रति नेपाल प्रहरी कृतज्ञता प्रकट गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्