Logo

नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमित फेला…..(भिडियो सहित)

नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए । तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोनभाइरसको संक्रमण देखिएको थियो । चीनबाट आएका संक्रमित निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्