Logo

भारतमा बिहीबारमात्रै कोरोनाबाट सातको मृत्यु, संक्रमितको संख्या सात सय बढी, नेपाल र बिहीबारसंग जोड्ने जिल्लाहरु पनि एकदमै जोखिम

भारतमा बिहीबारमात्रै कोरोनाभाइरसको संक्रमणबाट सात जनाको मृत्यु भएको छ। बिहीबार एकै दिन सात जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २० पुगेको हो। ती सात जनामध्ये चार जना दिल्लीका रहेको टाइम्स अफ इण्डियाले जनाएको छ। त्यस्तै, कोरोना संक्रमित बिरामीहरूको संख्या पनि सात सयभन्दा बढी पुगिसकेको छ।

बिहीबार साँझसम्म संक्रमितको संख्या सात सय २७ रहेको बताइएको छ। धेरैजसो मृत्यु हुनेमा वृद्धवृद्धा र अरू कुनै रोगबाट पनि संक्रमित बिरामी रहेका छन्। यस संगै नेपाल र तराई संग जिडीएका जिल्लाहरु पनि एकदमै जोखिम रहेको स्वास्थ्य मन्त्रालयले बताए । आफु संगै आफ्नो परिवार र छरछिमेकलाई पनि संक्रमित हुनु बाट बचाउनु आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्