Logo

सडकमा निस्किएका मान्छे लखेट्दै प्रहरी

मुलुकमा लक डाउनको अवस्था रहेपनि धेरै स्थानमा अटेर गर्नेहरु सडकमा निस्कन छाडेका छैनन् ।विशेषगरी साँझ ५ बजे पश्चात मानिसहरु घर बाहिर निस्कने गरेकाले उनीहरुलाई सम्झाउन प्रहरीलाई निकै सकस पर्ने गरेको छ ।जिद्दी गरी सडकमा निस्कने गरेकाले सुनसरीका केही स्थानमा प्रहरीले उनीहरुलाई घरभित्रै बस्न आग्रह गर्दै लखेट्नु समेत परेको छ ।

सुनसरीको लौकहीमा प्रतिबन्धका समयमा पनि सडकमा हटिया लगाएपछि प्रहरीले व्यापारी र सर्वसाधारणलाई लखेटेको छ ।प्रहरीले जिल्लाका अन्य विभिन्न स्थानमा समेत अटेर गरी घर बाहिर निस्केकाहरुलाई डर देखाएर घर पठाएको छ । केहीलाई भने प्रहरीले केहीबेर नियन्त्रणमा लिएर सम्झाएर छाडेको छ ।

सुनसरीमा सुरक्षाकर्मीको उपस्थितिका कारण शहर बजारमा लक डाउन बढी प्रभावकारी देखिएपनि गाउँघरमा भने अटेर गर्ने गरेको पाइएको छ । त्यसैले पनि गाउँ तथा भित्री खण्डमा प्रहरीको गाडी देख्ने वित्तिकै सर्वसाधारण भाग्ने गरेका छन् ।प्रहरीले जिल्लाबासीलाई लकडाउनको उल्लङ्घन नगरी घरमै बस्न आग्रह गर्दै आएको छ । सुनसरीमा अघिल्ला दिनको तुलनामा लक डाउनमा कडाई हुँदै जाँदा सर्वसाधारणको साथ समेत बढ्दो क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्