Logo

धुम्रपान गर्नेहरुलाई कोरोना भाइरसको संक्रमण चाँडै हुने

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको बढी जोखिम धुम्रपान गर्ने व्यक्तिमा हुने पाइएको छ ।
धुम्रपान गर्ने व्यक्तिहरुको शरीर अति संवेदनशील हुने हुँदा बिरामीहरुसँग लड्ने क्षमता हुदैन त्यसैले धुम्रपान गर्ने व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण चाँडै नै हुने युरोपियन युनियन हेल्थ एजेन्सीको रिपोर्टले जनाएको छ।धुम्रपान गर्ने व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखा परेपछि निको हुने सम्भावना स्वस्थ व्यक्तिहरुको तुलनामा कमै हुने जनाइको छ ।

धुम्रपान गर्नेहरुको फोक्सोमा इन्जाइमको क्रियाशिलता हुने कारण कोभिड–१९ का बिरामीहरुको संख्या बढ्ने यूनिभर्सिटी अफ साउथ कोरोलीको अर्को एउटा अध्ययनले पत्ता लगाएको छ ।धुम्रपान गर्ने अधिकांश व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिएको अध्ययनले छ । चीनका चिकित्सकहरुले परीक्षणका लागि कोरोना भाइरसका ९९ जना बिरामीहरुको नमूना संकलन गरेका थिए । जसमा धेरै जसो व्यक्तिहरुको मृत्यु धुम्रपान गर्नेहरुको भएको पाइएको छ ।

कोरोना भाइरसबाट जोगिनका लागि धुम्रपान गर्न नहुने चिकित्सकहरुले सल्लाहा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्