Logo

सरकारी कर्मचारीको चैत महिनाको तलब काट्ने मन्त्रिपरिषद्को निर्णय !

मन्त्रिपरिषदले सरकारी कर्मचारीको चैत महिनाको तलब काटेर कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले विशिष्ट र प्रथम श्रेणीका कर्मचारीको ७ दिनको तलब काट्ने निर्णय गरेको छ ।

द्वितीय र तृतीय श्रेणीका कर्मचारीको ५ दिनको तलब काटिनेछ । राजपत्र अनंकित श्रेणीविहीन कर्मचारीको ३ दिनको तलब काटेर कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्