Logo

कोरोना संक्रमण रोक्न भारतमा नयाँ प्रविधिको विकास, एक घन्टाभित्रै मार्छ भाइरस !

भारतको पुणेस्थित एक इन्क्युुबेटर कम्पनीले विकास गरेको एउटा प्रविधिक कोरोनाभाइरसविरुद्ध लडाइँमा धरिलो हतियार बन्न सक्ने अनुमान गर्न थालिएको छ। विज्ञान तथा प्रोद्योगिकी विभाद्वारा सुरु गरेको निधि प्रयास कार्यक्रमअन्तर्गत निगेटिभ आयन जेनरेटर मेसिनको विकास गरिएको हो। यो आयन मेसिनमार्फत एउटा कोठाभित्र रहेको कुनै पनि किसिमको भाइरसको संक्रमणलाई लभभग एक घन्टाभित्र मार्न सक्छ।

महाराष्ट्रका अस्पतालहरुमा यो मेसिन जडान गरिने

विभागले यो मेसिनको निर्माण ठूलो संख्या गर्नका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। महाराष्ट्र अस्पतालहरुमा यस्ता १ हजार वटा मेसिन लगाइनेछ। पुणेस्थित ज्याक्लिन वेदर टेक्नोलोजीले यो मेसिनको निर्माण गर्दैछ। साइन्टेक एअरअन नामक निगेटिभ आयन जनरेटर बन्द वातावरणमा भाइरसर, ब्याक्टेरिया र फंगस संक्रमण नियन्त्रण गर्न मद्दत गर्नेछ।

कोभिड–१९ पोजेटिभ संक्रमणलाई यसले कीटाणुरहित बनाउन सक्ने विश्वास लिइएको छ। यसले हावालाई स्वच्छ बनाउँछ। यो मेसिन क्वारेन्टाइन सुविधा भएका ठाउँहरुमा काम गर्ने चिकित्सक, नर्स, कर्मचारीलाई रोग प्रतिरोधात्मक क्षमता र भाइरससँग लड्ने क्षमता बढाउन फलदायी साबित हुने दाबी गरिएको छ।

यो आयन जेनरेटर मेसिन घर, अस्पताल, स्कुल, उद्योगजस्ता बन्द वातावरणमा रोग उत्पादन गर्ने भाइरस र ब्याक्टेरिया मार्न निकै मद्दतगार हुने बताइएको छ। यो मेसिनको उपयोगिताका बारे वैज्ञानिक जाँच विश्वस्तरको प्रयोगशालाद्वारा गरिएको छ।

एक घन्टामै मार्त भाइरस

आयन जेनरेटर मेसिन एक घन्टा चलाउँदा एउटा कोठामा रहेको करिब ९९.७ प्रतिशत भाइरस मारिदिन्छ। यो मेसिन प्रति ८ सेकेन्टमा लगभग १०० मिलियन नेगेटिभ आयन उत्पादन गवर्न सक्छ। आयनोइजरद्वारा उत्पादित नेगेटिभ आयन हावामा हुने एलर्जी गर्ने सूक्ष्म कण, ब्याक्टेरिया, पराग कण्डा, धूलो आदिलाई क्लस्टर बनाउँछ र एउटा केमिकल रियाक्सनद्वारा तिनलाई मार्छ।

हावाबाट फैलिन बिरामी रोक्छ

आयन जेनरेटरद्वारा उत्पादित डिटरजेन्स गुण भाइरस, ब्याक्टेरिया र एलर्जी उत्पादन गर्ने तत्वको बाहिरी प्रोटिनलाई विघटित गरिदिन्छ। जसबाट हावाद्वारा फैलिने रोग नियन्त्रण गर्न सकिन्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ। यो प्रतिरोधात्मक क्षमता आयन वातावरणबाट बाहिर २०–३० दिनसम्म सहयोगीसिद्ध हुन सक्छ। यसले कार्बनमोनोक्साइड (कार्बन डाइअक्साइडभन्दा १ हजार गुणा अधिक हानिकारक), नाइट्रोजन डाइअक्साइड र वाष्पशील कार्बनिक योगिकहरुजस्तो ग्यास प्रदूषण पनि विघटित गर्न सक्छ।

थुप्रै भाइरसमा परीक्षण

आयन जेनरेटरको प्रभाव इन्फ्लुएन्जा भाइर, कक्ससेकी भाइरस, पोलियो भाइरस, मानव कोरोना भाइर, एलर्जी गर्ने विभिन्न कण, ब्याक्टेरिया र फंगसजस्ता देखिएको छ। सार्वजनिक वाहन, ट्रेन स्टेसन, हवाई अड्डा, बन्द वातावरण भएको स्थान जस्तै घर, हवाईजहाजका क्याबिन, अस्पतालका वार्ड आदिमा मौजुद भाइरसविरुद्ध यो उपयोगी हुन सक्छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्