Logo

मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी गरिएको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वेबसाइटमार्फत मन्त्री ढकालकाविरुद्ध उजुरी गरेको विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने अन्य काममा व्यस्त भएकाले अनलाइमा उजुरी आए नआएको हेर्न नभ्याएको बताए ।‘अनलाइनमार्फत उजुरी प्राप्त भएपछि प्रेषकलाई प्राप्त भएको जानकारी सिस्टमले नै दिन्छ।’ प्रवक्ता कोइरालाले भने–‘अहिले हेर्न भ्याएका छैनौं आयो आएन एकछिनपछि हेर्छौं’।

बजार दरभन्दा धेरै महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता भएको देखिएको र सबत्र आलोचना हुँदासमेत जवाफ दिन आवश्यक नहरहेको भन्दै मन्त्री ढकाल पन्छिएको आरोप उजुरीमा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्