Logo

प्रदेश २ सरकारको राहत कोषमा नेपाल बैंकको ५ लाख सहयोग

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ ।बैंकका जनकपुर स्थिति प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

https://www.youtube.com/watch?v=7gW5XKd4DGU

प्रतिक्रिया दिनुहोस्