Logo

वीरगञ्जमा नामावली संकलन गर्दा दुई पक्षबीच कुटाकुट, १९ जना घाइते

कोरोना भाइरसका कारण पुरै नेपाल नै लकडाउन भएकाले समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्नका लागि नामावली संकलन गर्दा कुटाकुट भएको छ ।पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बरेवा टोलमा बुधबार राहत वितरण गर्नको लागि नामावली संकलन गर्नेक्रममा टोलकै दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष सन्तोष तिवारीले बताएका छन् ।

उक्त कुटाकुटमा महिला बालबालिकासहित १९ जना घाइते भएको वडाध्यक्ष तिवारीले जानकारी दिए । उनले भने घाइतेलाई भएकाहरुलाई नारायणी अस्पतालमा उपचारको लागि पठाइएको छ । लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई वडामा राहत वितरण गर्नको लागि नाम संकलन गर्न सर्वपक्षिय बैठकलबाट समिति बनाइएको थियो ।उक्त समितिले वडामा भएको केहुनिया र बरवा गाउँमा लकडाउनका कारण समस्यामा परेकाहरुको नामावली संकलन गरेर राहतको लागि सिफरिस गर्ने वडाध्यक्ष तिवारीको भनाइ छ ।

https://www.youtube.com/watch?v=7gW5XKd4DGU

वडामा दुईवटा गाउँ भएकोले छुटाछुटै दुई वटा समिति पनि बनाइएको थियो । सोही समितिका पदाधिकारीहरु नामावली संकलन गर्न गाउँमा पुगेको बेला कुटाकुट भएको छ । तर नाम संकलन गर्दागर्दै अचानक दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष तिवारीले जनाकारी दिए ।मंगलबार वीरगञ्ज महानगरपालिकाले बोर्ड बैठकबाट निर्णय गरेर लकडाउनबाट प्रभावित महानगरका गरिब तथा अति विपन्नहरुलाई राहत वितरण गर्ने निर्णग महानगरपालिकाले गरेको थियो ।

महानगरमा रहेका ३२ वटै वडामा रहेका विपन्न परिवारलाई राहत वितरण गर्नका लागि महानगरपालिकाले एक करोड बजेट छुटयाएको महानरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।राहत वितरण गर्नको लागि नाम संकलन गर्न जाँदा कुटाकुट हुनु दुःखद खबर छ । घटनामा संलग्नलाई जो कोहीलाई कारबाही गरिने मेयर सरावगीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्