Logo

१५ लाख गरिब, ज्यालादारी मजदूर बस्ने मुम्बइस्थित झुपडी बस्तीमा को’रोना पस्यो, ठूलो विनाशको त्रास

करिब १५ लाखको संख्यामा गरिब, दैनिक ज्या’लादारी मजदूरहरुको परिवारले बसोवास गर्ने भारतको मुम्बइस्थित धारावी स्लम (झुपडी बस्ती)मा को’रोनाभाइरसले प्रवेश गरेको पुष्टि भएको छ । गरिबहरुको बाक्लो बस्ती रहेको र मानिसको ज’नघनत्वका कारण सामाजिक दूरी कायम गर्न समेत अत्यन्तै कठिन मानिएको यो क्षेत्रमा को’रोनाभाइरस प्रवेश गरेसँगै यसले गरिबहरुको ठूलो संख्यामा विनाश गर्न सक्ने त्रा’स उत्पन्न भएको छ ।धारावीको यो बस्तीलाई एसियाकै सबैभन्दा ठूलो झुपडी बस्ती मानिन्छ ।

यहाँ बस्ने को’रोनाभाइरसका एक बि’रामीको मृ’त्यु भएको छ । धारावीलाई मुम्बइको सबैभन्दा बाक्लो र गरिब आवादी भएको क्षेत्र मानिन्छ । यहाँ करिब १५ लाख मानिसहरु बस्छन् । यो स्लममा भेटिएका को’रोनाभाइरसका पहिलो बि’रामीको उमेर ५६ वर्ष भएको बताइएको छ । पोजेटिभ पाइएपछि उनलाई उपचारको लागि सायन अस्पतालमा भ’र्ना गरिएको थियो जहाँ बुधबार अबेर राती उनको मृ’त्यु भएको इ’कोनोमिक टाइम्सले जनाएको छ ।

https://www.youtube.com/watch?v=7gW5XKd4DGU&t=17s

संक्रमण फै’लिने आशंकामा उनको परिवारमा ८ देखि १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । बि’रामी बस्ने घरलाई पनि सी’ल गरिएको छ ।
धा’रावी स्लम करिब ६१३ हेक्टर क्षेत्रमा फैलिएको छ । यहाँ दैनिक ज्या’लादारी मजदूर र सातातिना व्यापारी बस्छन् । यो इलाकामा करिब २२ हजार मानिसहरु कारोबार गर्छन् र केवल यो इलाकाको दैनिक ट’र्नओभर १० करोडभन्दा बढी छ ।

यहाँ यही कारण एउटा झुपडीको मूल्य पनि करोडौं पुगेको छ । धारावीलाई मुम्बइको अ’पराधको केन्द्र पनि मानिन्छ । यहाँको बस्तीमा ‘भाइगिरी’ भरिएको छ । यहाँ १८६२ मा ब्रिटिश शासकहरुले आफ्नो काम गर्ने मजदूरहरुलाई राख्न यहाँ बस्ती बसाएका थिए । त्यतिबेलादेखि नै यो बस्ती मजदूरहरुको बस्तीको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्