Logo

उपचारमा आनाकानी गर्ने निजी अस्पताल र नर्सिङ होमको लाइसेन्स खारेज हुने

कोरोना संक्रमणको आशंकामा बिरामीको उपचार गर्न नमान्ने निजी अस्पताल तथा नर्सिङ होमको लाइसेन्स खारेज हुने भएको छ । कोरोना संक्रमणको बेला बिरामीको स्वास्थ्यसंग निजी अस्पताल तथा नर्सिंङ होमले खेलवाड गर्न थालेपछि प्रदेश २ सरकारले यस्तो निर्णय लिएको हो ।

शंकास्पद बिरामीको उपचार नगर्ने तथा बिरामीलाई फर्काउने अस्पताल तथा नर्सिङ होमको लाइसेन्स खारेजीसम्मको कारवाही गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार आठै जिल्लाका प्रशासन कार्यालयलाई पत्राचार गरी कोरोना महामारी र लकडाउनको अवधिभर अर्को व्यवस्था नहुन्जेल उपचार गर्न नमान्ने निजी अस्पताल तथा नर्सिङ होमलाई नियन्त्रणमा लिइ स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न र गराउन निर्देशन दिएको छ ।

https://www.youtube.com/watch?v=7gW5XKd4DGU&t=17s

लकडाउनको अवधिमा कतिपय अस्पतालले शंकास्पद बिरामीको उपचार नगर्दा काठमाडौं लैजाँदा लैजाँदै बाटोमै मृत्यु भएको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले यस्तो निर्णय लिएको हो ।मन्त्रालयले आठवटै प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा भनिएको छ ‘विद्यमान कोभिड–१९ को महामारीले अक्रान्त बनाइएको यस विषम परिस्थितिमा उपरोक्त किसिमका घटनाहरु भइरहँदा राज्य केबल मुकदर्शक बनेर बस्न सक्दैन् ।’

विरामीहरुसँग सामान्य मानवोचित व्यवहार नगरी न्यूनतम व्यवसायिक धर्म समेत निर्वाह नगरेको देखिएको हुनाले त्यस्ता अस्पताल तथा नर्सिङ होमहरुलाई तत्काल अनुसन्धानको दायरामा ल्याएर कारवाही प्रक्रिया अगाडि बढाउन प्रदेश २ सरकारले निर्देशन जारी गरेको आन्तरिक मामिला मन्त्रालया सचिव कृष्णहरी पुस्करले जानकारी दिनु भयो ।काम कारवाही प्रक्रिया आगाडी बढाउन जिल्ला प्रशासनलाई माथिल्लो निकायको कार्यक्षेत्र÷विशेषको हकमा माथिल्लो निकाय पदाधिकारी समक्ष तत्काल सिफारिस गरी पठाउन समेत मन्त्रालयले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्