Logo

सामाजिक दुरी राखौं, मनको दुरी होइन !

काठमाडौंको चावहिलमा बसोबास गर्ने ६० वर्षीया शोभा तथा ७० वर्षीय श्यामका छोरी तथा छोरा विदेशमा बसोबास गर्छन् । काठमाडौंमा उनीहरु दुई जना मात्र छन् । शोभाले घरमै कोचिङ क्लास सञ्चालन गरेकी छिन् भने श्यामले बाहिरको काम जस्तै बैंक जाने, बिजुली÷पानीको बिल तिर्ने, किनमेल गर्ने आदि काम गरिरहेका छन् ।

तर, अहिले लकडाउनको बेला दुबैको जिन्दगीमा जुन रफ्तार थियो, त्यसमा ब्रेक लागेको छ । आज त शोभा बिहानैदेखि चिन्तित थिइन्, उनलाई कुनै पनि कुरा राम्रो लागिरहेको थिएन । आफूले आफैंलाई असहाय तथा लाचार सम्झिरहेकी थिइन् । हुन पनि उनले गर्न सक्ने केही पनि छैन । किनभने लकडाउनका कारण उनी कसैसंग न त भेट्न सक्छिन्, न त कोचिङ क्लास नै सञ्चालन गर्न सक्छिन् ।

घरभन्दा बाहिर निस्किएर घुमफिर गर्न पनि मनाही छ । किनभने घर बाहिर पुरै लकडाउनको प्रभाव छ । कसैलाई पनि घरबाट बाहिर जान अनुमति छैन । त्यस्तो अवस्थामा उनीहरु घरमै थुनिएका छन् र यो लकडाउन कहिले सकिन्छ भन्ने कुराको प्रतिक्षा गरिरहेका छन् ।

यो केवल काठमाडौंको चावहिकको मात्र कथा होइन, हरेक ठूला–साना शहरको अवस्था यस्तै छ । परिवारका युवा सदस्यहरु वैदेशिक रोजगारी अथवा अध्ययनका लागि विदेश भएपछि घरमा एक–दुई जना व्यक्तिहरु मात्र बाँकी छन् । अधिकांशका छोरा–छोरीहरु अहिले विदेशमै छन् ।

काठमाडौं जस्तो व्यस्त शहरसमेत अहिले सुनसान भएको छ । कोभिड–१९ को त्रासले पुरै शहरलाई शान्त बनाइदिएको छ ।

कोभिड–१९ को संक्रमणबाट बच्नका लागि सामाजिक दुरी अनिवार्य छ । काठमाडौंवासीसहित सम्पूर्ण देशवासीहरुले अहिले यो नियम पालना गरिरहेका छन् । तर, काठमाडौंमै डेरा गरी बस्ने अथवा फ्ल्याटमा बसोबास गरिरहेकाहरुलाई सामाजिक दुरी कायम गर्न गाह्रो परिरहेको छ । सानो कोठा अथवा फ्ल्याटमा बस्नेहरुलाई बस्नमात्र होइन खानपिनदेखि बजारबाट सामान किनेर ल्याउन, घरको सरसफाइ गर्न समेत गाह्रो परिरहेको छ । यस्तो समस्याबाट वृद्ध–वृद्धाहरु समेत पीडित भैरहेका छन् ।

यसबारेमा मनोचिकित्सकहरुले आफ्नो धारणा व्यक्त गर्न थालेका छन् । मनोचिकित्सक डा.हरिशका अनुसार ज्येष्ठ नागरिकहरुलाई अहिलेको लकडाउनले घर बाहिर निस्कन निषेध गरेको तथा यसले उनीहरुलाई समस्यामा पारेको सही हो । तर क¥फ्यूको स्थिति त घर बाहिरका लागि मात्र हो, घर भित्र क¥फ्यूको स्थिति छैन । सामाजिक दुरी आवश्यक छ, मानसिक दुरी होइन । घरभित्र रहेर पनि निम्न कार्यहरु गर्न सकिन्छ :

—कोठाको झ्यालबाट नीलो आकाश हेर्न सकिन्छ ।

—घर भित्रै वाक (हिंड्न) गर्न सकिन्छ,

—साथीहरु भेट भएको बेला जसरी ठट्टा गर्नु हुन्थ्यो, अहिले भिडियो कल गरेर त्यसै गर्न सकिन्छ,

—जिन्दगीलाई बन्द होइन, चालू राख्नु पर्छ,

—तपाईंको जे–जे शौखहरु छन्, तीनलाई जारी राख्नुहोस्, जसमा पुस्तक पढ्ने, लेख्ने आदि हुनसक्छन् ।

—छोरा–छोरीहरु शहर अथवा देश बाहिर छन् भने भिडियो कल गरेर उनीहरुसंग समय बिताउनु पर्छ,

—यदि आवश्यकता प¥यो भने कसैको सल्लाह लिन समेत अफ्ट्यारो मान्नु हुँदैन ।

—पुराना कुराहरुको चर्चा गर्नुपर्छ,

—एक्लै बस्नु हुँदैन,

—निद्रा पुरा गर्नु पर्छ र समयमै सन्तुलित आहार लिनु पर्छ,

—यसबाहेक औषधिको सेवन नियमित गर्नु पर्छ, उदासी भएको बेला प्रारम्भदेखि नै डाक्टरको सल्लाह लिनु पर्छ । यसबाट तपाईंले आफैंमा ताजापन महसूस गर्नु हुनेछ र यो लकडाउन तपाईंका लागि समस्या जस्तो रहँदैन ।

कोरोनाको दिनहुँ बढेको तथ्यांकका कारण ज्येष्ठ नागरिकहरुमा उदासी धेरै बढ्न थालेको छ । उनीहरु कतै आफुलाई पनि यो रोगले सताउने त होइन भनेर उनीहरु डराउन थालेका छन् । प्रायः सबै समाचारहरुमा कोरोना सम्बन्धि डरलाग्दा तथ्याङ्कहरु मात्र देखाइरहेका छन् ।

यसबारेमा विशेषज्ञहरु भन्छन्—‘चौसिबै घन्टा कोरोनाको बारेमा धेरै कुरा गर्नु हुँदैन । दिनमा केवल एक पटक मात्र समाचार हेर्नु पर्छ । जिन्दगीलाई आनन्दमय तरिकाले बिताउने कोशिश गर्नु पर्छ र डरलाई सबैसंग बाँड्नु पर्छ । त्यस्तै जव ज्येष्ठ नागरिकहरु एक्ला हुन्छन्, उनीहरुलाई सधैं आफ्नो शरीर बिग्रने अथवा केही समस्या आउने हो कि र आफ्नो हेरचाह कसरी हुन्छ भन्ने कुराको डर हुन्छ । त्यस्तो स्थितिमा समाजका केही मानिसहरु अथवा स्वयंसेवकले पनि उनीहरुको नियमित खोज खबर राख्ने आवश्यक छ ।

यसबाहेक ती अभिभावकहरुलाई आफ्ना छोराछोरीसंग टाढा रहनाले उनीहरुको चिन्ता झन् धेरै हुन्छ । उनीहरु त्यस्तो स्थितिमा कसैसंग पनि भेट्न पाउँदैनन् । आफ्नो कुरा कसैसंग शेयर गर्न पनि पाउँदैनन् । त्यस्तो स्थितिमा आमा–बुवाले आफ्ना बच्चालाई टाढाबाट नै उनीहरुको हिम्मत बढाउनका लागि नियमित कल गर्नु पर्छ । उनीहरुको हौसला बढाउनु आवश्यक हुन्छ । ध्यान र हल्का व्यायाम गर्नाले तपाईंलाई राम्रो महसुस हुन सक्छ ।

यसबाहेक मोबाइलमा धेरै समय बिताउनु हुन्छ, जसमा संगीत सुन्न, फिल्म हेर्न र कुनै गेम खेल्न सक्नु हुन्छ । आफ्नो आवाजमा गीत गाएर आफ्नो साथीभाईलाई पठाएर पनि उनीहरुलाई खुशी बनाउन सक्नु हुन्छ । सबैले अहिले आफ्नो घरको कामहरु गरिरहेका छन्, जसले समय बितेको थाहा हुँदैन । यी सबै कु्राहरुको सहयोगले जीवन केही सहज हुन्छ । यी सबै कुरालाई अपनाउनाले जिन्दगी थुनिएको जस्तो महसुस हुँदैन ।

प्रतिक्रिया दिनुहोस्