Logo

एन्टि-प्यारासाइटिक औषधीले ४८ घण्टाभित्र मार्न सक्छ कोरोना भाइरस !

अस्ट्रेलियाको ल्याबमा गरिएको एक अध्ययनका अनुसार एन्टि-प्यारासाइटिक ड्रगले हाम्रो शरीरभित्रका कोषमा फैलिरहेको कोरोना भाइरसलाई ४८ घण्टाभित्र मार्न सक्ने दाबी गरिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। एन्टिभाइरल रिसर्चमा प्रकाशित एक जर्नलका अनुसार आइभरमेक्टिन नामक उक्त औषधीले शरीरको कोषभित्र फैलँदै गएको कोरोना भाइरसलाई ४८ घण्टाभित्र रोक्न सक्ने भनी ल्याबमा परीक्षण भएको बताइएको छ।

‘एन्टी प्यारासाइटिकको एक डोजले मात्र पनि कोरोना भाइरसलाई ४८ घण्टाभित्र पूर्ण रुपमा मार्न सक्छ। उक्त औषधी प्रयोग गरेको २४ घण्टामै यसको सकारात्मक प्रभाव देखिन थाल्छ।’ अस्ट्रेलियास्थित मोनास यूनिभर्सिटीबाट यस अध्ययनका को-अथर काइली वागस्टाफले जानकारी दिइन्। वैज्ञानिकका अनुसार आइभरमेक्टिन यस्तो एन्टि-प्यारासाइटिक औषधी हो‚ जसले अन्य औषधीको तुलनामा भाइरस (जस्तै: एचआइभी‚ डेङ्गी‚ इन्फ्लूएन्जा‚ जाइका भाइरस)का विरुद्धमा बढी काम गर्ने गर्छ।

वागस्टाफका अनुसार अहिलेसम्म यसको परीक्षण ल्याबमा मात्र गरिएको छ। अब मानिसमा गर्दा कत्तिको लाभदायक हुन्छ यो भने हेर्न बाँकी नै छ। ‘आइभरमेक्टिन धेरै नै प्रयोग भइरहने औषधी हो। अब हामीले यसको मानव शरीरमा गरिएको प्रयोग कत्तिको प्रभावकारी हुन्छ त्यो भने हेर्न बाँकी छ‚’ वागस्टाफले भनिन्। वैज्ञानिकका अनुसार आइभरमेक्टिनले रक्त कोषिकामा फैलँदै गएको भाइरसको क्षमतालाई कमजोर बनाई त्यसलाई निष्कृय पार्ने काम गर्छ।

प्रतिक्रिया दिनुहोस्