Logo

अमेरिकामा दुई नेपाली घरभित्रै मृ’त भेटिए !

मेरिकामा दुई नेपाली घरभित्र नै मृ’त भेटिएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका दुईजना नेपाली घरभित्रै मृ’त अवस्थामा भेटिएका हुन् । मुस्ताङ जिल्ला घरभएका अन्दाजी ४० वर्षीय दुईजना नेपाली घरभित्रै मृ’त भेटिएको नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिएका छन्। न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै आएका सोनाम लामा र क्विन्स सन्नीसाइड बस्ने थोक्मे बिष्टको मृ’त्यु भएको जानकारी दिइएको छ ।

केही दिनदेखि बिरामी रहेका करिब ४० वर्षीय सोनामको उनी बस्ने कोठाभित्रै मृ’त्यु भएको जानकारी दिइएको छ । लामो समयफोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृ’त अवस्थामा थिए । उनको मृ’त्यु कोरोना सं’क्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पोष्टमार्टम रि’र्पोट भने आएको छैन्। १८ वर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा छ ।

उनको शव केही दिनअघि प्रहरीले लगेर गएको र उनका आफन्त अमेरिकामा नभएकाले अन्य जानकारी भने प्राप्त नभएको जनाइएको छ । यसैगरी करिब १२ वर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनी बस्ने अपार्टमेन्टमा नै मृ’त्यु भएको जनाइएको छ । सुरुमा टाउको दु’ख्ने र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको र केही दिन घरमै आराम गर्न भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्