Logo

लकडाउनको बेला जेल बस्दाको दिन सम्झिए प्रधानमन्त्रीले…..(भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको कारण दुई साता नेपाली नागरिक घरभित्रै बस्नु परेको विषयमा आफू संवेदनशील रहेको बताएका छन् ।
नेपाल कोरोनाको संक्रमणको जोखिममा रहेका कारण लकडाउन गर्नुपरेको भन्दै उनले यो बाध्यता भएको पनि बताए ।

‘दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाईहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु’, मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुनुहुन्छ ।धेरै व्यवसायीले आफ्नो व्यवसाय बन्द गर्नुपरको छ । विद्यार्थीका पढाइ छुटेको छ ।’

उनले विगतको आफ्नो जेल बस्दाको दिन समेत सम्झिदै अगाडि भने, ‘जेलमा यन्त्रणपूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबास बस्दाको कठीनाई सहजै अनुभूत गर्न सक्छु । तर नियन्त्रणका लागि हालसम्म कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने सबैलाई थाहा छ ।’ लकडाउनकै कारण महामारी फैलन नदिने सरकारको प्रयासमा ठूलो सहयोग पुगेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्