ट्विटरमा मालिक जैक डोर्सीले कोरोना महामारीसँग लड्न एक अर्ब कोभिड १९ राहत कोषमा दिने घोषणा गरेका छन् । यो उनको कुल सम्पतिको २८ प्रतिशत मात्रै हो । ट्विटरमा सहयोग दिएको घोषणा गर्दै जैकले, ‘आवश्यकता दिनानुदिन बढ्दै गएको छ सहयोग गर्न ढिला नगरु ।’
‘अमेरिकामा भेन्टिलेटर, पीपीइ लगायत स्वास्थ्य सामाग्रीको अभाव छ साथै व्यवसायी र व्यक्तिहरु आर्थिक रुपमा संघर्षरत छन्’ उनले भनेका छन् ।
४३ वर्षीय जैक ट्विटर र स्क्वाएरका मालिक हुन् ।
प्रतिक्रिया