Logo

अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो, एकैदिन १९ सय ७० को मृत्यु !

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या ४ लाख नाघेको छ । कोरोनाबाट एकै दिनमा झण्डै २ हजारको मृत्यु भएको छ ।

मंगलबार एकै दिन ३३ हजार ३३१ जनामा नयाँ संक्रमण फेल परेसँगै कुल संक्रमितको संख्या ४ लाख ३३५ पुगेको वल्र्डोमिटर्सले जनाएको छ । मंगलबार हालसम्मकै सर्वाधिक संख्या १९ सय ७० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या १२ हजार ८४१ पुगेको छ ।

अमेरिकामा अहिलेसम्म २१ हजार ६७४ जना संक्रमित भने पूर्ण रुपमा निको भइसकेको जनाइएको छ । बाँकी ३ लाख ६५ हजार ८२० जनामा हाल कोरोना भाइरस सक्रिय छ ।

सबैभन्दा बढी संक्रमण र मृत्यु त्यहाँको न्यूयोर्क राज्यमा भएको छ । हालसम्म न्यूयोर्कमा ५ हजार ४८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ, जसमा ७३१ को मृत्यु मंगलबार मात्र भएको हो । न्यूयोर्कमा मात्रै १ लाख ४२ हजार ३८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले मंगलबार सो राज्यमा कोरोनाबाट हालसम्मकै बढी मृत्युका घटना देखिएको बताएका छन् । यससँगै त्यहाँ संकट गहिरिँदै गएको उनको भनाइ छ ।

त्यहाँको राइकर्स जेलमा समेत एक संक्रमित कैदीको मंगलबार कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । यससँगै अधिकारीहरूका सामु नयाँ प्रश्न र चुनौती थपिएका छन् ।

हेर्नुहाेस् अमेरिकाका सबैभन्दा बढी प्रभावित १५ राज्यकाे अवस्था-

स्राेत: वर्ल्डाेमिटर्स
प्रतिक्रिया दिनुहोस्