Logo

कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७६ चैत २६ गते बुधवारको राशिफल

तपाइको आज,

मेष – आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा भने लाभ लिन नसकिएला ।

वृष – आज आय, व्यय, सुख, दुख, लाभ, हानी वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन राम्रै रहला । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन – नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

कर्कट – आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । सेवा मूलक कार्यमा रुची बढ्नेछ ।

सिंह – आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पारिवार संग रमाइलो समय बित्नेछ । प्रेममा जीवनमा मधुरता छाउनेछ ।

कन्या – दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न घरायसी कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला ।

तुला – सोचेजस्तो लाभ हासिल गर्न केही समय अझै कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । स्वास्थ्य प्रति सचेत रहनुहोला ।

वृश्चिक – आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आर्थिक लाभको भरपुर कोसिस रहनेछ । प्रेममा सम्बन्धमापनि राम्रो हुनेछ ।

धनु – मनपरेको खनेकुरा खान पाईनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।

मकर – आज श्रमको उचित कदर हुनेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार व्यवसायमा भने त्यति सफलता नमिल्ला ।

कुम्भ – स्वास्थ्य प्रति सजक रहनु होला । मनमा दुविधा उत्पन्न हुनेछ । मानशीक चिन्ता बढ्ला । विचार गरेर निर्णय लिनु नै बुद्धिमानी हुनेछ ।

मीन – आज कारेसाबारी र प्रकृतिसंग मन लाग्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोगपनि मिल्नेछ ।ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो

प्रतिक्रिया दिनुहोस्