Logo

ट्रम्पको चेतावनीपछि मलेरियाको खोप पठाउने तयारीमा भारत !

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चेतावनी दिएको केही घण्टामै भारतले मलेरिया विरुद्धको खोप ‘हाइड्रोक्सिक्लोरोक्वाइन’को निर्यातमा आंशिक रुपमा फुकुवा गर्ने भएको छ ।

मलेरियाविरुद्धको उक्त औषधिलाई ट्रम्पले पटक पटक कोभिड १९ विरुद्ध अचुक औषधि हुनसक्ने भन्दैआएका छन् । ट्रम्पले यसअघि भारतले उक्त औषधिको निर्यातमा फुकुवा नगरेको खण्डमा उसमाथि बदला लिन सकिने चेतावनी दिँदैआएका थिए ।

ट्रम्पले ह्वाइट हाउसबाटै भनेका थिए कि, यदी भारतले हाइड्रोक्सिक्लोरोक्वाइन नपठाए आफू अचम्ममा पर्ने बताएका थिए । त्यसो त, ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच यसै विषयमा टेलिफोन वार्ता समेत भएको थियो ।

भरत उक्त औषधि सबैभन्दा धेरै उत्पादन र निर्यात गर्ने देशमध्ये एक हो । ‘यदी उनले फुकुवा नगरे म अचम्ममा पर्नेछु, उनले मलाई भन्नुपर्नेछ, मैले उनीसँग आइतबार बिहान कुरा गरेको छु,’ ट्रम्पले मोदीलाई लक्षित गर्दै भनेका थिए । मंगलबार भने भारतका विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोभिड १९ बाट अति प्रभावित भएका केही देशका लागि मलेरिया विरुद्धको खोप निर्यात गर्न सकिने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्