भारतमा भेटिए ७ सय ७३ जना नयाँ कोरोना संक्रमित !


छिमेकी देश भारतमा ७ सय ७३ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा भारतमा ७ सय ७३ जना नयाँ संक्रमिथ थपिएसँगै कूल संक्रमितको संख्या ५ हजार ४ सय ८० पुगेको छ। अहिलेसम्म भारतमा कोरोनाको संक्रमणबाट १ सय ६४ जनाको मृत्यु भइसकेको छ। हिजोमात्रै ३२ जनाको मृत्यु भएको थियो। यस्तैगरी कूल संक्रमितमध्ये ४ सय ६८ जना उपचारपछि निको भएर घर फर्किएका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले बताएको बिबिसीले जनाएको छ।

भारतमा अहिलेसम्म १ लाख १२ हजार २ सय ७१ जनामा कोरोनाको परीक्षण गरिएको छ। यसैबीच स्पेनमा कोरोना संक्रमणबाट मृत्युदर बढेको छ। आजमात्रै स्पेनमा ७ सय ७५ जनाको मृत्यु भएको छ। यसअघि हिजो एकैदिन स्पेनमा ७ सय ४३ जनाको मृत्यु भएको थियो। स्पेनमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेका सँख्या बढेर १५ हजार नजिक पुगेको छ भने १ लाख ४७ हजार संक्रमित भएका छन्।