Logo

प्रधानमन्त्री, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !

नेपाल प्रहरीको हेडक्वार्टरले अधिकृतस्तरका प्रहरीको केही तलब काटेर कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेपछि चौतर्फी विरोध भएको छ। लकडाउनको अवधिमा दिनरात फिल्डमा खटिने प्रहरीको तलब नकाटेर नेता,संसद सबैको काटेर कोषमा जम्मा गर्न चौतर्फी माग हुन थालेको छ।

बुधबार प्रहरी प्रधान कार्यालय नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको हो। दिनरात ड्युटीमा खटिने प्रहरीको तलब काटेर निरुत्साहित गर्ने मात्र काम भएको कतिपयको गुनासो छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा हुन सक्ने आकलन गरिएको भए पनि त्यसो हुन भने सकेन ।

न्यून तलबमा विपतसँग जुध्न अग्रमोर्चामा खटिरहेका सिपाहीको तलब भत्ता बढाउनुपर्ने माग प्रहरी सँगठनभित्र उठिरहेको छ। सरकारले कोरोना भाइरस रोकथामको लागि खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने बताएको थियो। उक्त निर्णय कार्यान्वयन गर्नुको साटो हेडक्वार्टरले तलब कट्टा गर्न पत्राचार गरेको हो।

तर पनि प्रधानमन्त्री ओलीको सम्बोधनमा त्यो परेन । अहिले प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागले सबै कार्यालयलाई परिपत्र गर्दै प्रहरी सहायक निरीक्षकदेखि महानिरीक्षकसम्मको तलब कट्टा गर्न निर्देशन दिएको छ ।

वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न गराउन निर्देशन दिइएको छ ।

 

कसको तलब कति काटिन्छ ? हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्