करिब पाँच वर्षअघि अमेरिकाको सुख–सयल त्यागेर सधैंका लागि नेपाल फर्किएको दाबी गरेका अभिनेता सरोज खनाल को;रोना भाइरसको त्रासबीच आइतबार अमेरिका उडे । अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिक लाई स्वदेश फर्काएका कारण सरोज पनि अमरिका उडेका हुन् ।अभिनेता खनालको परिवार अमेरिकामा नै छन् ।
सरोज आफैँमा अमेरिकाका नागरिकताधारी नागरिक हुन्। त्यसैले उनी आफ्नो परिवार भेट्नको लागि अमेरिकाले चार्टर गरेको विमान चडेर उनी अमेरिका उडेका थिए । उनी अमेरिका उडेपछि नेपालमा भने उनको आलोचना भइ रहेको छ । लामो समय अमेरिका बसेर नेपाल फर्किएका सरोज खनालले चलचित्रकर्मसँगै व्यावसाय पनि सुरु गरेका छन् ।
अमेरिका पुगेर उनले बुधबार आफ्नो फेस बुक अकाउन्टमा परिवारसँग रमाइलो गरि रहेको तस्बिर पोष्ट गर्दै संस्कृतको एउटा श्लोक सहित स्टेटस लेखेका छन् । उनले लेखेका छन्, ‘ सर्वे भवन्तु सुखिनस्सर्वे संतु निरामयस् जसले जे भनेपछि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ । जे पर्ला त्यहि टर्ला ।’
प्रतिक्रिया