Logo

दुखद खबर: फ्रान्समा एकै दिन १३ सयबढीको ज्यान गयो, मृतक संख्या १२ हजार बढी !

कोरोना भाइरस महामारीको चपेटामा रेहेको फ्रान्समा पनि मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । फ्रान्समा बिहीबार एकै दिन कोरोनाका कारण १ हजार ३४१ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या १२ हजार २१० पुगको छ ।

वल्डोमिटर्सका अनुसार अहिलेसम्म फ्रान्समा १ लाख १७ हजारभन्दा बढी कोरोनाबाट संक्रमित भएका छन् । जसमा बिहीबार मात्रै ५ हजार नयाँ संक्रिमत थपिएका हुन् । अहिलेसम्म त्यहाँ २३ हजार २१० जना भने पूर्णरूपमा निको भइसकेका छन् । बाँकी ८२ हजार ३३३ जनामा कोरोना सक्रिय रहेको छ, जसमध्ये ७ हजारको अवस्था भने गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्