अमेरिकामा लगातार तेस्रो दिन पनि १९ सयकाे मृत्यु, संक्रमित संख्या ४ लाख ६८ हजार नाघ्यो ! सेयर गरौ
कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त राज्य अमेरिकामा पछिल्ला दिनहरुमा लगातार १९ सयबढीको मृत्यु भइरहेको छ । बिहीबार पनि त्यहाँ कोरोनाका कारण एकैदिनमा १९ सयको मृत्यु भएको छ । यससँगै कुल मृतक संख्या १६ हजार ६९१ पुगेको वल्र्डो मिटर्सले जनाएको छ । बिहीबार नयाँ संक्रमितको संख्या ३३ हजार ५३६ ले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको वल्र्डोमिटर्सको तथ्यांकले देखाउछ । अहिलेसम्म त्यहाँ २५ हजार ९२८ जना निको भइसकेका छन् भने १० हजारभन्दा बढी बिरामीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बुधबार पनि अमेरिकामा एकैदिन १९ सय २५ जनाको मृत्यु भएको थियाे भने ३० हजार ५६७ जना नयाँ संक्रमित फेला परेका थिए । मंगलबार पनि एकैदिनमा १९ सय ७० जनाको मृत्यु भएको थियो भने ३३ हजार ३३१ नयाँ बिरामी थपिएका थिए ।
साेमबार त्यहाँ ३० हजार ३३१ जना नयाँ संक्रमित फेला परेका थिए । साेमबारसम्म त्यहाँ काेराेनाका कारण कुल १० हजार ८७१ जनाको मृत्यु भएको थियाे । पछिल्ला तीन दिनमा थपिएकाे मृतककाे संख्या मात्रै ५ हजार ८२० रहेकाे छ ।
तीन राज्यमा उच्च मृत्यु
अमेरिकाका न्यूयोर्क लगाउत तीनवटा राज्यमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ९ हजारभन्दा बढी पुगेको छ । सबैभन्दा मृत्यु र संक्रमित न्यूयोर्कमा देखिएका छन् । त्यहाँ बिहीबार माज्ञ ७९९ जनाको मृत्यु भएको छ भने कुल मृतक संख्या ७ हजार ६७ पुगेको छ । बिहीबार १० हजार ३३३ जना नयाँ संक्रमित फेला परेसँगै न्यूयोर्कमा मात्रै १ लाख ६१ हजार ५०४ पुगेको छ ।
उता न्यूजर्सीमा बिहीबार कोरोनाका कारण १९६ जनाको निधन भएसँगै कुल मृतक संख्या १ हजार ७०० पुगेको छ । त्यहाँ हालसम्म ५१ हजारभन्दा बढी कोभिढका बिरामी फेला परेका छन् । यसैगरी मिचिगन राज्यमा बिहीबार मात्र ११७ को ज्या गएको छ । यससँगै त्यहाँ मृतकको संख्या १ हजार नाघेको छ भने संक्रमित संख्या साढे २१ हजार नाघेको छ ।
हेर्नुहाेस्- सर्वाधिक प्रभावित १५ राज्यकाे अवस्था: