Logo

ओली र मोदीबीच टेलिफोन संवाद : कोरोनाविरुद्ध नेपाल-भारत एकसाथ लड्ने !

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोनमा कुराकानी भएको छ । दक्षिण एसियामा कोरोनाले महामारीको रुप लिन लाग्दै गर्दा दुई समकक्षीबीच टेलिफोन सम्वाद भएको हो । प्रधानमन्त्री ओलीले ट्विटरमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग कुरा भएकाे जानकारी गराउनु भएकाे छ भने भारतीय प्रधानमन्धी माेदीले पनि ट्विटरमार्फत समकक्षी ओलीसँग कुराकारी गएकाे जानकारी दिएका छन् ।

https://www.youtube.com/watch?v=dQtQtepOX-Y

प्रधानमन्त्री ओलीले सम्वादका क्रममा कोरोना भाइरसबाट अहिले उत्पन्‍न जटिलताबारे कुराकानी भएको जानकारी दिनुभएकाे छ । कुराकानीका क्रममा कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको उहाँले उल्लेख गर्नुभएकाे छ ।

‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें। कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’ प्रधानमन्त्री ओलीले ट्वीटमा भन्नुभएकाे छ,‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ।’

मोदीले पनि ओलीसँग काेराेना भाइरसका कारण सिर्जित अवस्थाबारे छलफल भएको बताएका छ । ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सम्वाद भएको छ’, उनले भनेका छन्, ‘हामीले कोरोनाबाट दुई देशमा उत्पन्‍न जटिल अवस्थाबारेमा छलफल गरेका छौं।’

अहिलेसम्म भारतमा २२६ जनाको मृत्यु भएको छ भने ६ हजार ७२५ संक्रमित भएका छन् । नेपालमा भने अहिलेसम्म ९ जनामा मात्रै काेराेना भएकाे पुष्टि भएकाे छ । एकजना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अन्य ८ जनाकाे अवस्था पनि सामन्य रहेकाे छ ।

https://www.youtube.com/watch?v=dQtQtepOX-Y

प्रतिक्रिया दिनुहोस्