Logo

तनहुँमा पनि राहतकाे चामल सडेको भेटियाे, बिक्रेतालाई कारबाही गरिने !

तनहुँको एक स्थनीय तहले वितरण गरेको राहतको चामल सडेको भेटिएको छ । चामलमा ढुसी आएर रंग समेत कालो भएको र अमिलो गन्ध समेत आइसकेको गुनासाे स्थानीयले गरेका छन् । चामललाई ३-४ पटक धुँदा पनि कालो नगएको भन्दै १-२ छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीय रेशम विकले बताउनुभयो ।

https://www.youtube.com/watch?v=dQtQtepOX-Y&t=1s

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ५ ले कल्चोक क्षेत्रका केहि घरपरिवारलाई वितरण गरेको चामलमा त्यस्तो देखिएको हो । यसै विषमा गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले उक्त वडामा राहत वितरणका लागि वडालाई नै जिम्मा लगाईएकाले लापरवाही गर्नेलाई कारबाही गर्ने बताउनुभयो ।

आफूले वडा सदस्यलाई सो क्षेत्रमा राहत वितरण गर्न जिम्मेवारी दिएकोले चामल कस्तो पर्यो थाहा नभएको भन्दै सडे गलेको चामल बिक्री गर्ने थोक बिक्रेतालाई कारबाही गर्ने वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताउनुभयो । साथै उक्त चामल फिर्ता गरी आजै अर्को चामल वितरण गरिने समेत उहाँले जानकारी दिनुभयो ।

https://www.youtube.com/watch?v=dQtQtepOX-Y&t=1s

प्रतिक्रिया दिनुहोस्