Logo

खुसीको खबर : डेरामा बसेका विद्यार्थीलाई कीर्तिपुर नगरपालिकाले राहत दिने !

कीर्तिपुर नगरपालिकाले डेरामा बसिरहेका विद्यार्थीहरूलाई पनि राहत दिने भएको छ। शुक्रबार नगरपालिकाले सूचना जारी गर्दै डेरामा बस्ने तथा खाद्यान्नको समस्या भएका विद्यार्थीहरूलाई राहतका लागि फारम भर्न आग्रह गरेको हो। ‘घर जान नपाएका र खाद्यान्नको समस्या भएका विद्यार्थीहरूलाई पनि राहत दिन लागेको हो,’मेयर रमेश महर्जनले भने,’हामीले सकेसम्म भोलि-पर्सिसम्म सबैको नाम दिन भनेका छौं।’

नगरपालिकाले वेबसाइट kirtipurmun.gov.np मा राखिएको फारम भरी वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ। विद्यार्थीहरूले आफ्नो परिचयपत्र र नागरिकताको फोटोकपी अनिवार्य बुझाउनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्