Logo

जनताको मत: प्रहरीहरुको तलब काट्ने निर्णय ठिक कि बेठिक ?

नेपाल सरकारले प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ । लकडाउनको समयमा ड्युटीमा खटिएका प्रहरीको तलब काटिएको भन्दै जनस्तरबाट विरोध भएको छ । उनिहरुलाई थप भत्ताको समेत व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा हुन सक्ने आकलन गरिएको भए पनि त्यसो हुन भने सकेन । तर संघ र प्रदेशका सांसदले आआफ्नो तर्फबाट सहयोगको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा थुप्रैले सांसद विकास कोषको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न सुझाव दिएका छन् ।

अहिले प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागले सबै कार्यालयलाई परिपत्र गर्दै प्रहरी सहायक निरीक्षकदेखि महानिरीक्षकसम्मको तलब कट्टा गर्न निर्देशन दिएको छ । वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न गराउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्