Logo

प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्यो श्री एअरलाइन्स

हृदयाघातका कारण ज्यान गुमाएका एक नेपाली सैनिकको शव लिन श्री एअरलाइन्सको जहाज सुडानतर्फ गएको छ ।नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको गएको १७ गते शान्ती मिसनको ड्युटीकै क्रममा हृदयघात हुँदा ज्यान गएको थियो । स्वर्गिय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज सुडानको लागि उडेको हो ।

जहाज आइतबार विष्टको शव लिएर नेपाल आइपुग्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो। । विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको पनि प्रवक्ता पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्