Logo

वीरगन्जमा त्रास बढ्यो : ३ जनामा कोरोना संक्रमण देखिएपछि, ‘ट्राभल हिस्ट्री’ खोज्दै प्रहरी !

वीरगन्जको एक मस्जिदमा रहेका तीन भारतीय नागरिकमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि वीरगन्जवासीमा त्रास फैलिएको छ। अधिकांश टोलवासीले आफ्नो टोल प्रवेश गर्ने मुख्य द्वारमा बाँसले अवरोध गरी ‘प्रवेश निषेध’ लेखिएको बोर्ड झुन्ड्याएका छन्।

वीरगन्ज महानगरपालिका-२ छपकैयास्थित श्रीराम हलअगाडि रहेको मस्जिदमा बस्दै आएका उनीहरुमा संक्रमण पुष्टि भएपछि हाल नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। हेटौंडामा शुक्रबार प्रारम्भिक परीक्षण गरी उनीहरुको नमुना पुनः परीक्षणका लागि काठमाडौं पठाइएकोमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुको सम्पर्कमा रहेका २६ जनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज चिनी मिलस्थित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्