Logo

काठमाण्डौबाट बर्दिया हिंडेका श्रमिकहरु ३ दिनमा बुटवल पुगे, अझै ५ दिन हिंड्ने तयारी !

हात मुख जोड्न धौ भएपछि काठमाण्डौको किर्तीपुरबाट बर्दियाका लागि हिंडेका श्रमिकहरु ३ दिनको पैदल यात्रा पार गर्दै आज बुटवल पुगेका छन् ।लकडाउनको समय लम्बिएसंगै ज्याला मजदुरीको काम नपाएपछि उनीहरु बर्दियाको राजापुरका लागि पैदल यात्रा तय गरेका थिए । काठमाण्डौबाट हिंड्दा केहि चाउचाउ र बिस्कुट बोकेर निस्केका उनीहरुको बुटवल सम्म पुग्दा खानेकुरा समेत सकिएको छ ।

बचेको सिमीत खानेकेरा र पानी खाएर हिंडिरहेको बर्दिया राजापुरका बुद्धिराम चौधरी बताउंछन् । ३ दिन देखि हिंडेकाले खानेकुरा सकिएको उनीहरुले बताएकाछन् । बर्दिंयाको राजापुर पुग्न अझै ४,५ दिन लाग्ने अनुमान लगाएका उनीहरुको बाटोमा के खाने र कहां बस्ने कुनै ठेगान छैन । पैदल यात्रा तय गरेका अर्का श्रमिकले अहिलेसम्म चाउचाउ र पानी खाएर हिंडेपनि अव खानेकुरा नभएको बताए ।

महिला र बालबालीका सहित १२, १३ जनाको समुहमा रहेका उनीहरुले पानी मात्र खाएर पनि बर्दिया पुग्ने अठोट लिएकाछने । ज्याला मजदुरीको काम नपाएपछि पानी मात्र पिएर पनि घर पुग्न मन लागेर हिंडेको अर्कि किशोरी बताउंछिन् ।स्थानीय तहले राहत बांडेको फोटाहरुले समाजिक सञ्चालका पाना भरिएपनि वास्तबिक श्रमिकहरुको समस्याहरु सम्म भने उनीहरु पुग्न नसकेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्