Logo

डाक्टरमाथी लाठी चार्ज गर्ने डिएसपी उमेश लम्साल कारबाहीमा…..(भिडियो सहित)

महानगरिय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्साल महानगरीय प्रहरी कार्यालय तानिएका छन् । उनले बुधबार डाक्टरमाथि लाठी चार्ज गरेको पुस्टि भएपछि कारबाहीस्वरुप मेट्रोमा तानिएको हो । याे पनि डाक्टरमाथि प्रहरीद्वारा नि’र्घात कु’टपिट, घ’टना छानविन गर्न बन्यो समिति बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टर शम्भु खनाल, तेजप्रसाद साह र विकाश साह माथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

लाठी चार्ज गर्ने क्रममा डीएसपी लम्साल घटनास्थलमा नै भएको अनुसन्धानका क्रममा खुलेपछी उनलाई कारवाही स्वरुप रानीपोखरी प्रहरी कार्यालय तानिएको स्रोतको भनाइ छ । घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण बज्रचार्या, अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको समिति बनाएको थियो।

यसअघि नेपाल चिकित्सक सङ्घले आवासीय चिकित्सक कुट्ने प्रहरीलाई कारबाही गर्न माग गरेको थियो । न्याम्सका आवसिय चिकित्सकहरूलाई हातपात र लाठीचार्ज गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुटपिट गर्ने प्रहरीको छानबिन गरी कारबाही गर्न सङ्घले माग गरेको हो ।

सङ्घले विज्ञप्ति जारि गर्दै परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट हातपात गर्ने,लाठी चार्ज गर्ने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापप्रति नेपाल चिकित्सक सङ्घ घोर भर्त्सना र निन्दा गर्दै अवलम्ब त्यस्ता प्रहरीहरूको छानबिन गरी काूननी कारबाही गर्न नेपाल चिकित्सक सङ्घ जोडदार माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्