डलरको भाउ अहिलेसम्मकै उच्च, अन्य देशको विनिमयदर कति ?
नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा तोकेको थियो । उक्त दर आज (शुक्रबार वैशाख ५) गते बढेर खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा पुगेको छ । स्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३३ रुपैयाँ ५६ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः