पैदल हिँडेर घर जानेहरुबारे निर्णय गर्न प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए !
लकडाउनका बीच पैदल हिँडेर गाउँ फर्किनेहरुको विषयमा सरकारले छलफल थालेको छ । यसैबीच, निर्णय हुनु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरुलाई बालुवाटार बोलाउनुभएको छ ।
जानकारी अनुसार प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको छ । अब प्रधानमन्त्री ओलीको भनाइ अनुसार निर्णय हुने बताइएको छ ।
सरकारले घर जान दिने भनेर घोषणा नगर्ने तर, जनप्रतिनिधिहरुसँगको समन्वयमा गन्तव्य स्थलसम्म पुग्ने व्यवस्था मिलाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा यसबारे कुराकानी भएको थियो ।