Logo

प्रधानमन्त्रीको निर्देशनपछि हिँडेर जाने मजदुर बाटोमै रोकिए !

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपछि गृह प्रशासनले कार्यान्वयन थालेको छ । गृहमन्त्रायलले प्रहरी प्रधान कार्यालय, नक्साललाई शुक्रबार सर्वसाधारणको आवतजावत पूर्ण रुपमा रोक्न निर्देशन दिएको हो । विभिन्न स्थानीय तहले अलपत्र मजदुरलाई गाडीमा राखेर आफ्नो क्षेत्रबाट कटाइरहेका बेला गृहको निर्देशनपछि यो पनि रोकिएको छ । काठमाडौं‌बाट पैदल हिँडेर घरतर्फ जाँदै गरेका धेरै मजदुर काभ्रे, धादिङ र चितवन जिल्लामा रोकिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्