Logo

बिना जानकारी चार सय १६ जना अर्घाखाँची भित्रिए

 

 

स्थानीय प्रशासन र स्थानीय सरकारलाई औपचारिक जानकारी नगराई बुधबार ४ सय १६ जना अर्घाखाँची भित्रिएका छन्। काठमाडौंमा अध्ययन गर्ने विद्यार्थी, व्यवसायी र मजदुर गृह मन्त्रालयले दिएको पास लिएर ११ वटा बसमा गृहजिल्ला आएका हुन्।

काठमाडौंबाट जिल्ला भित्रिएकालाई कसरी व्यवस्थापन गर्ने भनेर जिल्ला प्रशासन कार्यालयमा बिहानै बैठक बस्यो। बैठकले काठमाडौंबाट बसमा अर्घाखाँची आएका सबै जिल्लावासीलाई स्थानीय सरकारले व्यवस्थापन गर्ने भनेर निर्णय भयो। सबैलाई २ हप्ता क्वारेन्रेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए।

‘बिहान ५ नबज्दै बसमा मानिस आए। नत कसैले आउदै छन् व्यबस्थापन गर्नु भनेर भन्यो नत कसैले यति जना आउदै छन् भनेर औपाचारिक जानकारी गरायो’, पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले भने। पालिकामा भित्रिएका झण्डै ७० जनालाई आआप्नो घरमा गएर सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको उनले बताए।

छत्रदेव गाउँपालिकाले काठमाण्डौबाट आएका सबैको थर्मल गनको माध्यमबाट ज्वरो नापेर सबैलाई घरघरमा पठाएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए।सन्धिखर्क नगरपालिकाका ७२, शितगंगा नगरपालिकाका २४, भूमिकास्थान नगरपालिकाका २७, मालारानी गाउँपालिकाका ८२, छत्रदेव गाउँपालिकाका ११५, पाणिनी गाउँपालिकाका ७० जना र गुल्मी तथा प्युठानका २६ जना गरी चार सय १६ जना अर्घाखाँची आएका हुन्।

https://www.youtube.com/watch?v=n1J4w6NeoPY&t=27s

यसरी एकसाथ धेरै मानिस गाउँगाउँ पुग्दा रोग फैलने होकी भन्ने सबैमा त्रास छाएको छ।

प्रतिक्रिया दिनुहोस्