कोरोना जनावरबाट नै मानिसमा सरेको डब्ल्यूएचओको दाबी !
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइ रस (कोभिड १९) को स ङ्क्र म ण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ ।चीनको प्रयोगशालामा कोरोना भाइ रस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइ रसको स ङ्क्र म ण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्र म ण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताएका छन् । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइ रस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए ।
चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको स ङ्क्र मण भेटिएको थियो । तर कोरोना भा इर स प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ । संयुक्त राज्य अमेरिकामा मात्रै गएको २४ घण्टामा २७ सयभन्दा धेरैको ज्यान गएको छ । योसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ४५ हजार नाघेको छ भने आठ लाख १७ हजारभन्दा धेरैमा को रो ना स ङ्क्र मण पुष्टि भएको छ ।
कुवेतमा थप १० जना नेपालीमा कोरोना भा इर स (कोभिड १९) को सङ्क्र मण भएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिनुभयो ।योसँगै कुवेतमा कोरोना सङ्क्र मित नेपालीको सङ्ख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरोना भाइ रसको सङ्क्रमण देखिएको थियो ।सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको सिलवालले बताउनुभयो ।
यो पनि पढ्नुहोस :सुदूरपश्चिमका पहिलो कोरोना भा इरस (कोभिड १९) सङ्क्रमित ३४वर्षीय युवक निको भएर घर फर्किनुभएको छ । २८ दिनको लामो उपचारपछि निको हुनुभएका उहाँलाई मङ्गलबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो । कैलालीकाे धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
कोरोना सङ क्रमणलाई जित्दै निको भएर घर फर्किन पाउँदा आफूमा खुसीको सीमा नै नरहेको बताउनुभयो । उहाँले आत्मबल बलियो बनाएर लडेमा कोरोनालाई जित्न सकिने भएकोले सबै सङ्क्र मितलाई दरो मुटुका साथ को रोनावि रुद्ध लड्न आग्रह गर्नुभयो । दुबईबाट दिल्ली हुँदै गएको चैत ७ गते काठमाण्डौ आइपुग्नुभएका उहाँ ८ गते बुद्ध एअरको जहाजमा नेपालगञ्ज आउनुभएको थियो । त्यही दिन नेपालगञ्जबाट सार्वजनिक यातायात चढेर धनगढी पुग्नुभएका शाही तीन दिनपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना हुनुभएको थियो ।