Logo

दुखद खबर : काठमाडौंबाट उदयपुर जाँदै गरेको बस बर्दिबासमा दु’र्घटना, सह–चालकको घटनास्थलमै मृत्यु

प्रदेश २ महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस पल्टिँदा सह–चालकको मृ’त्यु भएको छ भने एक जना ग’म्भीर घा’इते भएका छन्। लकडाउनले काठमाडौंमा अ’लपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दु’र्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहले जानकारी दिए। बस प’ल्टिन लागेपछि ढोका खोलेर हा’मफाल्न खोज्दा बसको हुडले कि’चिएर सह–चालक बाबुराम विश्वकर्माको घ’टनास्थलमा ज्यान गएको इन्स्पेक्टर साहले बताए।

https://www.youtube.com/watch?v=EAed40gyV-s&t=42s

उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनमा अ’लपत्र परेका आफ्ना नगरभरीका स्थानीयलाई बस व्यवस्थापन गरेर ल्याउँदै गरेको बस आज बिहान चार बजे दु’र्घटनामा परेको हो। दु’र्घटना लगतै बसका चालक फ’रार भएको प्रहरीले जनाएको छ विपी राजमार्ग अन्तरगत बर्दिबास नगरपालिकाको पाटु चोकभन्दा उत्तरतिरको मोडस्थित सडक नालीमा बस गएर प’ल्टिएको बर्दिबास नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए। गाउँ नजिकै बस दु’र्घटना परेको खबर पाएर पुगेका गाउँलेहरुले बसका यात्रुहरुलाई उ’द्धार गरेका थिए।

बा ३ ख ४०३६ नम्बरको बसमा शुक्रबार राति १० बजे ३५ जनालाई काठमाण्डौंबाट यात्रु लिएर उदयपुर हिडेको थियो। दु’र्घटनामा ग’म्भीर घा’इते भएका दोलखाकै तामाकोसी-२ का २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृ’तक बाबुराम विश्वकर्माको घर दोलखाको तामाकोसी –२ मा पर्छ।

प्रतिक्रिया दिनुहोस्