Logo

मुलुकभर संक्रमित बढेकाले लकडाउन खुकुलो बनाउने परिस्थिति छैन : उच्चस्तरीय समिति

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पछिल्लो समय मुलुकभर कोरोना संक्रमितहरुको दिनप्रतिदिन भेटिन थालेपछि देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको निष्कर्ष निकालेको हो ।

https://www.youtube.com/watch?v=9TbtfU1LIXs

तर, उच्च स्तरीय समन्वय समिति लकडाउन बढाउने नबढाउने भन्ने विषयमा ठोस निश्कर्षमा भने नपुगेको जानकारी गराइएको छ । बैशाख १५ गते (पर्सि) लकडाउनको अवधि सकिदैछ । यस विषयमा निर्णय गर्नका लागि आइतबार मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको मन्त्रिपरिषद्मा उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएनुभएको थियो ।

https://www.youtube.com/watch?v=9TbtfU1LIXs

प्रधानमन्त्री ओलीकै निर्देशन अनुसार समितिले मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ । समितिमा भएका छलफलका आधारमा उक्त कार्यदलले मोडालिटी तयार पार्ने र त्यसको अन्तिम टुंगो मन्त्रिपरिषद्ले लगाउने जानकारी गराउनेछ ।

https://www.youtube.com/watch?v=9TbtfU1LIXs

प्रतिक्रिया दिनुहोस्