Logo

राजनीति हो की कूटनीति ? रविको चितवनको घटनाको उजुरी काठमाडौँमा लिन हुने, सुरेन्द्र यादवको किन नहुने ? …(भिडियो सहित)

आइतबार महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणसम्बन्धि उजुरी दर्ता गर्न अस्वीकार गरेको छ । घटना भएको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन भन्दै परिसरले उजुरी लिन नमानेको हो । नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरीबाट आफूलाई अपहरण गरी काठमाडौँ ल्याएको भन्दै पूर्वमन्त्रीसमेत रहेका डा. सुरेन्द्र यादव आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउप्रधानमन्त्री उपेन्द्र यादवसहित उजुरी दिन पुगेका थिए । तर, काठमाडौँ प्रहरीले उजुरी नै लिन लिन मानेन ।

परिसरले सांसद यादवको उजुरी लिन नमानेपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफ्नो प्रसंग कोट्याउँदै सरकारप्रति ब्यङ्ग्य गरेका छन् । केही समयअघि पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका थिए लामिछाने । पुडासैनीले लामिछानेको कारण आत्महत्या गर्नुपरेको भन्दै एक भिडियो सन्देश छाडेका थिए । भिडियोकै आधारमा लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दाको उजुरी काठमाडौँ परिसरले लिएको थियो । जबकी त्यतिबेला घटना चितवनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्